चीनको निर्यातमा कोभिड–१९ संक्रमण कम हुँदै गएपछि वृद्धि आएको छ ।
कोभिड संक्रमणमा आएको कमी र चीन सरकारको शून्य सहनशील नीतिलाई खुकुलो बनाउँदै लगेपछि चीनको निर्यात दर वृद्धि भएको हो । साङ्गाई पोर्ट बन्द हुँदा कम भएको व्यापार पोर्ट खुल्ला गरेपछि बढेको हो ।
यसअघि कोभिड–१९ लाई न्यूनिकरण गर्ने उदेश्यका साथ चीनले अवलम्बन गरेको शून्य सहनशीलता नीतिका कारण मुख्य औद्योगिक सहरहरुमा लकडाउन गरिएको थियो ।
मे महिनाको गत तीन महिना यताकै उच्च हुने गरी निर्यातमा १६.९ प्रतिशतले वृद्धि आएको हो । अप्रिल महिनामा ३.९ प्रतिशत आयात गरेको चीनले मे महिनामा दोहारो अंकले निर्यात दर वृद्धि गर्न सफल भएको छ । निर्यातमा वृद्धि आएसँगै उत्सुक बनेका उद्योगीहरुले आगामी समयमा लकडाउन भएन भने कोभिडका कारण पछाडि परेको अर्थतन्त्रमा पुनरुत्थान हुनेमा विश्वस्त भएका छन् ।
आइएनजीका वरिष्ठ अर्थशास्त्री इरिस पाङले यदि विश्वव्यापी माग सन् २०२१ को जस्तो रह्यो भने चीनको आर्थिक वृद्धि दर तेस्रो त्रैमाससम्म १५ प्रतिशत पुग्ने बताएका छन् ।
विश्वको दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनमा लकडाउन कायम रहँदा र विकसित राष्ट्र जस्तै अमेरिका, बेलायतले आक्रामक रुपमा औसत ब्याजदर बढाउँदा विज्ञहरुले विश्वव्यापी आर्थिक मन्दीको सम्भावना उच्च रहेको बताएका थिए ।
चीनको निर्यातमा वृद्धि आएता पनि साङ्घाईमा अवस्थित फ्याक्ट्रीहरु लामो समयसम्म बन्द रहँदा उत्पादनमा सुस्तता आएको छ । जसकारण निर्यात स्वतस्फूर्त रुपमा बढेता पनि कोभिडको समय अगाडिको रफ्तार समाउन भने सकेको छैन ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया