भारतमा खुद्रा मुद्रास्फीति दर ७.०४ प्रतिशत

0
Shares

भारतमा खुद्रा मुद्रास्फीति दर अप्रिलमा ७.७९ प्रतिशतबाट मे महिनामा ७.०४ प्रतिशतमा झरेको संघीय सरकारले सोमबार जानकारी गराएको छ ।

मे महिनामा खुद्रा मुद्रास्फीति ६.३० प्रतिशत कायम रहेको थियो जुन अघिल्लो बर्षको सोही अवधिमा भन्दा कमी हो ।

मुद्रास्फीति दर मापनका लागि छानिएका एक हजार ११४ शहरी बजार र देशका एक हजार १८१ ग्रामिणहरूको अध्ययनबाट निकालिएको हो ।

यसबीच, उपभोक्ता खाद्य मूल्य सूची वा खाद्य मुद्रास्फीति अप्रिलमा ८.३१ प्रतिशतबाट मे महिनामा ७.९७ प्रतिशतले घटेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।