नेपाली रुपैयाँ झनै कमजोर, डलरको भाउमा दैनिक रेकर्ड

0
Shares

नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ (विनिमय दर) लगातार बढेर हरेक दिन नयाँ रेकर्ड बनाउन थालेपछि डलरको तुलनामा नेपाली मुद्रा झनै कमजोर बन्दै गएको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक अमेरिकी डलरको विनिमय दर १ सय २५.१६ रुपैयाँ (बिक्री दर) तोकेको छ । यो हालसम्मकै उच्च हो ।  एक अमेरिकी डलरको विनिमय दर १ सय २४.५६ रुपैयाँ (खरिद दर) तोकेको छ । 

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च भएपछि नेपाली मुद्रा डलरको तुलनामा इतिहासकै कमजोर अवस्थामा पुगेको हो ।

यसअघि गत विहीबार अमेरिकी डलरको भाउ १ सय २४.६८ रुपैयाँ पुगेको थियो । पछिल्ला दिनमा लगातार बढिरहेको छ । सोही क्रममा मंगलबार डलरको भाउ पुनः नयाँ उचाइमा पुगेको हो ।

अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेका कारण अमेरिकी डलरको भाउमा बृद्धि भएको हो । कच्चा तेलको मूल्य बढेसँगै अन्र्तराष्ट्रिय बजारमा डलरको माग बढ्ने भएकोले डलरको मूल्य बढ्न गएको राष्ट्र बैंकको भनाई छ ।

रुस र युक्रेन युद्धको असरको कारण भारतीय मुद्रा कमजोर भइरहेको छ। भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुनेगर्छ । नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहेकाले पनि केही समयता डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्यसमेत कमजोर हुँदै गएको हो।

डलर महङ्गो हुँदा के असर हुन्छ ?

नेपालको अर्थतन्त्रको प्रकृति जस्तो छ त्यो हेर्दा डलरको भाउ बढ्दा फाइदा भन्दा बेफाइदा नै बढी हुने विज्ञहरूले बताएका छन् ।

डलरको भाउ बढ्दा नेपाल भित्रने विप्रेषण (रेमिट्यान्स) बाट फाइदा भएपनि त्यो भन्दा बढी आयातमुखी अर्थतन्त्र भएकाले डलरको भाउ बढ्दा नेपाललाई समग्रमा बढी घाटा पर्छ । डलर महङ्गिँदा वैदेशिक ऋणको लागत बढ्नुका साथै निर्यात महँगो पर्न जान्छ । डलर बढ्दा विदेशी ऋणको सावाँ र ब्याज तिर्न भनी बजेटमा छुट्ट्याएको रकम अपुग हुनसक्छ ।

डलरको भाउ बढ्दा त्यसले पर्यटन मार्फत् हुने आम्दानी बढाइदिन्छ । नेपाली मुद्रा सस्तो हुँदा डलर खर्च गर्ने पर्यटकलाई यहाँ आउन खर्चको हिसाबले थप प्रोत्साहन मिल्छ । यस्तै डलरको भाउ बढ्ने बित्तिकै विदेशी सामानहरू नेपालीको निम्ति महँगो हुन पुग्छन् । डलर महँगो भएसँगै यसले उपभोग बढाएर व्यापार घाटा थप चुलिने हुँदा देशको शोधनान्तर घाटा थप बढ्छ ।

नेपाल उपभोग्य वस्तुदेखि विलासी सामाग्री गाडीसम्म सबै आयातमा निर्भर रहकाले डलर बढ्दा नेपाललाई फाइदाभन्दा बढी बेफाइदा हुन्छ । नेपालका ६० प्रतिशत बढी व्यापार भारतसँग हुने गरेको छ । यसले इन्धनको मूल्य बढी तिर्नुपर्ने र भारु सस्तो हुँदा नेपालमा पनि महँगी बढ्नसक्ने हुनसक्छ ।

पछिल्लो समय करिब लाखको संख्यामा नेपाली विद्यार्थी विदेशमा पढ्न गएका छन्। शैक्षिक डिग्री हासिँल गर्नका लागि उनीहरूले त्यहाँ विदेशी मुद्रामा रकम भुक्तानी गनुपर्छ । डलरको भाउ बढ्दा ती विद्यार्थीको परिवारमाथि आर्थिक बोझ थपिन्छ भने समग्रमा नेपाली अर्थतन्त्रमा नै त्यसको चाप पर्न जान्छ ।

विदेशी मुद्रा सञ्चितिको आवश्यकता आयातका लागि मात्र हो ?

नेपाली रुपैयाँ हालसम्मकै कमजोर, अमेरिकी डलरको भाउ नयाँ उचाइमा

रुपैयाँ हालसम्मकै कमजोर, डलर बलियो हुँदा रेमिट्यान्समा सुधार आए पनि महंगी झनै बढ्ने

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।