पाकिस्तानमा २० दिनमा तीन पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ ।
यो बीचमा झण्डै २९ प्रतिशत मूल्य बृद्धि भएको पाइएको अधिकारीहरुले जनाएका छन् ।
देशका अर्थमन्त्री मिफ्ता इस्माइलले बुधबार फेरि मूल्य बृद्धि भएको घोषणा गरेका हुन् ।
विश्व बजारमै पेट्रोलियम पदार्थको मूल्य बढेकाले पाकिस्तानमा पनि बढेको उनको भनाई छ । उनले विश्वबजारमा बढेपछि आफ्नो देशमा पनि बढाउनुको विकल्प नरहेको बताए ।
उनले पेट्रोलियम पदार्थको मूल्य व्यवस्थापनमा अघिल्लो सरकारका पनि केही कमजोरीका कारण समस्या भएको आरोप लगाए ।
गत मे २६ मा १४४.१५ पाकिस्तानी रुपैयाँ रहेको डिजलको मूल्य अहिलेसम्म ८३ प्रतिशत वृद्धि भएर २६३.३१ पाकिस्तानी रुपैँया पुगेको उनले जानकारी दिए ।
त्यसैगरी पेट्रोलको मूल्य १४९.८६ बाट पटक पटक बढेर अहिले २३३.७९ रुपैँयामा पुगेको अधिकारीहरूले जनाएका छन् । त्यसैगरी मट्टीतेलको मूल्य मे २६ मा ११८.३१ रहेकोमा अहिले ७३ प्रतिशतले बढेर २११.४३ पाकिस्तानी रूपैयाँ पुगेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया