मुद्रास्फीति नियन्त्रणका लागि सिङ्गापुरले १ अर्ब डलरको राहत प्याकेज ल्याउँदै

0
Shares


एक दशक यताकै उच्च भएको मुद्रास्फीतिका कारण मध्यम तथा निम्न आय भएका मानिसहरुको जीवनमा परेको प्रभाव न्युनिकरण गर्न सिङ्गापुरले १ अर्ब ८ करोड डलर बराबरको राहत प्याकेज अघि सारेको छ ।

खाद्यान्न तथा इन्धनको मूल्यवृद्धिका कारण निम्न तथा मध्यम वर्गमा परेको आर्थिक समस्यालाई केही हद सम्म समाधान गर्ने हेतुले उक्त प्याकेज ल्याएको अर्थमन्त्रीले लरेन्स वङले मिडिया ब्रिफिङमा बताए ।

यो प्याकेज विशेषगरी सहरी क्षेत्रमा बसोबास गर्ने निम्न तथा मध्यम आय भएका ५५ लाख मानिसहरुलाई लक्षित गरी ल्याइएको उनले जानकारी दिए । यस प्याकेज मार्फत मूल्यवृद्धिका कारण दैनिक गुजारा टार्न गाह्रो भइरहेका मानिसहरुको दैनिक गुजारा गर्न आवश्यक पर्ने सामग्री खरिद गर्न प्रयोग गरिने भएको छ।

रुसले युक्रेनमा आक्रमण गरेपछि इन्धनको लागि रुसमा आश्रित सिङ्गापुर समस्यामा परेको हो । रुस–युक्रेन युद्ध र रुसलाई नियन्त्रण गर्न पश्चिमा देशहरुले लगाएका प्रतिबन्धका कारण कोभिड–१९ को समयमा उत्पन्न आपूर्ति श्रृङ्खला अवरोध झन् बढेको उनले बताएका छन् । मुद्रास्फीति नियन्त्रणमा आउनु अघि विश्वव्यापी रुपमा मूल्यवृद्धि थप बढ्दै जाने उनको भनाइ रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।