बन्दुक नियन्त्रण सम्बन्धी विधेयकमा अमेरिकी सांसदहरूको सहमति

0
Shares

अमेरिकी सासंदहरूले बन्दुक नियन्त्रण सम्बन्धी ऐतिहासिक द्विपक्षीय विधेयकमा सहमति जनाएका छन् ।

सांसदहरूको समूहले उभल्दे, बफेलो र टेक्सासमा हालै भएका नरसंहारका घटनापछि बन्दुक नियन्त्रणसम्बन्धी बहुप्रतिक्षित द्विपक्षीय विधेयकमा सहमति जनाएका हुन् । बफेलो, न्यूयोर्क र टेक्सासमा हालै भएका गोली काण्डमा ३१ जना स्कूले बालबालिका मारिएका थिए ।

मानसिक स्वास्थ्य एवं विद्यालय सुरक्षा विधेयकले कानुनको पालना गर्ने बन्दुक मालिकहरूमाथि कुनै अङ्कुस नलगाएको तर अविवेकी रूपमा बन्दुक चलाउन सक्ने ठानिएका व्यक्तिहरूबाट बन्दुक फिर्ता लिने व्यवस्था गरेको छ । नयाँ विधेयकले मानसिक स्वास्थ्य कोषमा अर्बौं डलर उपलब्ध गराउने लक्ष्य लिएको छ ।

विधेयकमा सहमति भएसँगै लामो समयदेखि बन्दुक हिंसाबाट पीडित अमेरिका अब त्यसबाट केही हदसम्म भएपनि मुक्त हुने विश्वास गरिएको छ ।

बन्दुक हिंसाका राजधानीका रूपमा दुर्नाम कमाएका वासिङटन डिसी, शिकागो, लस एन्जलस, डेट्रोइट र न्यु अर्लिन्समा अब नरसंहार नहुने आशा पनि गरिएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।