सिंगापुरका क्रिप्टो फर्मले क्रिप्टो वीथड्रल र बिक्रीमा रोक लगाउँदै

0
Shares

सिंगापुरको क्रिप्टो फर्म भल्डले क्रिप्टोको वीथड्रल र बिक्रीमा रोक लगाएको छ ।

पछिल्लो समयमा क्रिप्टो मार्केटमा आएको उतार चढावका कारण लगानीकर्ताहरु प्यानिक हुँदा क्रिप्टोकरेन्सीको मूल्यमा भारी गिरावट आएको छ । भारी गिरावट कायम रहिरहँदा भल्डले नयाँ लगानीकर्ताको खोजी गर्न र क्रिप्टो बिक्रीमा रोक लगाउन उक्त निर्णय लिएको जनाएको हो ।

यसै सम्बन्धमा भल्डका प्रमुख कार्यकारी अधिकृत दर्शन भथिजाले आफ्नो ब्लगमा, क्रिप्टोमार्केटमा कायम रहेको अस्थिरताका कारण, भल्डका वित्तीय पार्टनरहरु प्रभावित भएको र लगानीकर्ताको मनोबल खस्किँदा, भारी मात्रामा क्रिप्टो व्यापार भएको जानकारी दिएका छन् । पछिल्लो तथ्यांक अनुसार जुन १२ यता सिंगापुरका लगानीकर्ताहरुले १९ करोड ७७ लाख डलर वीथड्रल गरेको उनको ब्लगमा उल्लेख गरिएको छ ।

स्टेबल कोइन टेरायुएसडी कोल्याप्स भएसँगै, अमेरिकाको शीर्ष क्रिप्टो फर्म सेल्सीयसले क्रिप्टो वीथड्रलमा प्रतिबन्ध लगाएको थियो । यससँगै अरु देशमा रहेका क्रिप्टो फर्मले पनि वीथड्रल रोकेका छन् ।

लगानीकर्ताहरुको मनोविज्ञान कमजोर भएसँगै क्रिप्टो ओरालो लागेको छ । क्रिप्टो मार्केटमा लोकप्रिय रहेको बिटकोएनको कारोबार २० हजार डलर भन्दा कम मूल्यमा भइरहेको छ । बिटकोइनसँगै इथेरियम, लाइटकोइनको मूल्यमा पनि भारी गिरावट आएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।