भारतीय केन्द्रीय बैंक, रिजर्भ बैंक अफ इन्डीया (आरबीआई)ले मुद्रास्फीति नियन्त्रण गर्न ०.५ प्रतिशतले ब्याजदर बढाएको छ ।
आरबीआईले चालु आर्थिक वर्ष सुरु भएपछि लगातार तीन पटक ब्याजदर बढाएको हो । मे महिनामा ०.४ प्रतिशत र जुनमा ०.५ प्रतिशतले ब्याजदर बढाएको आरबीआईले अगस्ट महिनामा ०.५ प्रतिशतले पुनः ब्याजदर बढाएको हो।
भारतको थोक मूल्य सूचांक १५.१८ प्रतिशत र उपभोक्ता मूल्य सूचांक ७.०१ प्रतिशत रहेको छ ।
थोक तथा उपभोक्ता मूल्य सूचांकमा वृद्धि आएपछि केन्द्रीय बैंकले आक्रामक रुपमा ब्याजदर बढाउने तयारी गरेको छ ।
आरबीआईका गभर्नर शक्तिकण्ठ दासले रिपो रेट बढाएर कोभिड पहिलेको समयमा रहेको दर कायम गर्ने र विश्व बैंकले गरेको ७.२ प्रतिशत आर्थिक वृद्धि दर प्रक्षेपण हासिल गर्ने बताएका छन् ।
रिपो रेटमा ०.५ प्रतिशतले बढाएपछि कुल औसत ब्याजदर ५.४ प्रतिशत पुगेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया