औसत ब्याज दर थप बढाउने फेडको संकेतले एशियाली शेयरबजार ओरालो लाग्दै

0
Shares

अमेरिकामा मुद्रास्फीति दर बढ्दै गएपछि, केन्द्रीय बैंक फेडरल रिजर्भ (फेड)ले थप आक्रामक रुपमा औसत ब्याज दर बढाउने संकेत गरेको छ ।

अमेरिकी केन्द्रीय बैंकले औसत ब्याजदर बढाउने संकेत गरेसँगै त्यसको प्रभाव एशियाली शेयरबजारमा पनि देखा परेको हो ।

जापान बाहिरका एशिया–प्यासिफिक देशहरुको वृहत सेयर सूचांक एमएससीआई बिहीबार ०.४ प्रतिशत ओरालो लागेको छ । यसैगरी हङकङको ह्याङस्याङ सूचांकमा ०.७३ प्रतिशतले गिरावट आएको छ । त्यसैगरी चीनको ब्लुचीप सेयर सूचांक सीएसआइ३०० पनि ०.९४ प्रतिशतले ओरालो लागेको छ ।

फेडले कति प्रतिशतले ब्याजदर बढाउने भन्ने विषयमा लगानीकर्ताहरुले विभिन्न अनुमान गरिरहेका छन् । जुलाई महिनामा फेडले गरेको बैठकलाई आधार मानी केही सेयर लगानीकर्ताहरुले फेडले पहिलेको जस्तो आक्रामक शैलीमा ब्याजदर नबढाउने अनुमान गरेका छन् भने केही लगानीकर्ताहरुले औसत ब्याजदर बढाउँदा पनि मूल्यवृद्धि नियन्त्रणमा नआएका कारण थप आक्रामक रुपमा ब्याजदर बढाउने प्रक्षेपण गरेका छन् ।

यसैगरी फेडरल रिजर्भले मासिक रुपमा ४७.५ बिलियन डलर क्वान्टीटेटिभ टाइटनिङ गरीरहेको छ भने सेप्टेम्बर महिनाबाट ९५ बिलियन डलर मासिक रुपमा तरलता प्रसोचन गर्न सक्ने सिटिग्रुपका एशिया प्यासिफिक व्यापार रणनीतिज्ञ मोहम्मद अपाभाइले जनाएका छन् ।

अमेरिकी केन्द्रीय बैंकले औसत ब्याजदर बढाउने संकेत गरेसँगै अमेरिकी सेयर सूचांक एस एन्ड पी ५०० इ–मिनिस ०.१३ प्रतिशतले ओरालो लागेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।