विश्व सेयर बजार ओरालो लाग्दा मनग्य नाफा कमाउँदै भारतीय लगानीकर्ता

0
Shares

सेयर बजारलाई लिएर विश्वभरका लगानीकर्ताहरु निराश भएको समयमा भारतीय लगानीकर्ताहरुले मनग्य आम्दानी गरिरहेका छन् ।
भारतीय सेयरसूचाङ्क पाँच हप्तासम्म लगातार बढ्दा भारतीय लगानीबर्ताहरु हर्षित भएका हुन् ।

नेशनल स्टक एक्सेन्जको निफ्टी ५० सूचाङ्क आज ०.०२ प्रतिशतले बढेको छ भने बम्बई स्टक एकसेञ्जको सेयर सूचाङ्क एसएण्डपी सेन्सेक्स ०.०३ प्रतिशतले बढेको छ । यी दुवै सेयर सूचाङ्क सातामा १.४ प्रतिशतले बढिरहेका छन् । यसैगरी निफ्टी आइटी सूचाङ्क पनि दुई महिनाकै उच्च १.५ प्रतिशतले बढेको छ ।

सेयर बजार बढेपछि कम्पनीहरुको भ्यालुएसन बढेको र पाँच हप्तासम्म लगातार बजार बढेपछि घट्ने आंकलन गर्दै लगानीकर्ताहरुले नाफा सुरक्षित गर्न लागेको जियोजीत फाइनान्सियल सर्भिसेसका प्रमुख लगानी रणनीतिज्ञ बी.के विजय कुमारले बताएका छन् ।

भारतीय सेयरबजार बढिरहँदा एशियाली सेयरबजार भने आरालो लागेको छ । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ थप आक्रामक हुँदै औसत ब्याजदर बढाउने संकेत गरेपछि त्यसको प्रभाव एशियाली सेयर बजारमा देखिएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।