फिन्ल्यान्डले नवीकरणीय उर्जाको विकासका लागि स्यान्ड ब्याट्रीको अवधारणा अघि सारेको छ ।
अनवकरणीय उर्जाको प्रयोगबाट जलवायुमा पर्ने असर न्युनिकरण गर्न तथा विश्वव्यापी रुपमा व्याप्त इन्धन अभावको समस्या समाधान गर्ने उद्देश्यले फिन्ल्यान्डले स्यान्ड ब्याट्रीको अवधारणा अघि सारेको हो ।
स्यान्ड ब्याट्री विकासमा सोलार तथा वायुबाट उत्पादित विद्युतको प्रयोग गरी बालुवालाई तातो बनाउने गरिन्छ । प्राकृतिक रुपमा बालुवाले तातोपना भण्डार गर्न सक्छ । सोलार तथा वायु उर्जाबाट उत्पादित विद्युतको प्रयोग गरी बालुवाको तातोपना भन्डारण गर्न सक्ने क्षमता बढाएर ५०० डिग्री सेल्सीयस सम्म पु¥याउन सकिन्छ । भन्डार गरिएको उक्त तातोपनालाई जाडोको समयमा घरहरु तातो बनाउन प्रयोग गर्न सकिन्छ ।
स्यान्ड ब्याट्रीले कसरी गर्छ काम ?
सोलार ताथ वायु उर्जाको प्रयोग गरी विद्युत उत्पादन गरिन्छ । उक्त उत्पादित विद्युतलाई तापीय शक्तिका रुपमा १०० टन बराबर बालुवा भन्डारण गरि राखिएको स्यान्ड ब्याट्रीमा गरिन्छ । स्यान्ड ब्याट्री भन्डार गरिएको उक्त तापीय शक्तिलाई पानी तताउन प्रयोग गरिन्छ ।
स्यान्ड ब्याट्री सञ्चालनका लागि सूर्यको ताप र वायुको आवश्यकता पर्ने गर्छ ।
फिन्ल्यान्ड पृथ्वीको दक्षिणी धूर्व र आर्टिक महासागरको आसपासमा पर्ने हुँदा धेरै हिउँ पर्छ । वर्षको ३–७ महिना हिउँ पर्ने ठाउँमा स्यान्ड ब्याट्रीबाट तापीय शक्ति तथा वायु र सोलारबाट विद्युत उत्पादनकार्य चुनौतीपूर्ण रहेको छ ।
वर्तमान समयमा फिन्ल्यान्डले नाटोमा संलग्न हुने निर्णय गरेसँगै रुसले इन्धन तथा प्राकृतिक ग्यासको निर्यातमा प्रतिबन्ध लगाएको छ । इन्धनको मूल्य बढ्दै जानु तथा जलवायु परिवर्तनको असर तीव्र रुपमा पर्दै जाँदा फिनिस सरकारको ध्यान स्यान्ड ब्याट्रीमा गएको छ । हालसम्म ब्याट्री उत्पादनमा लिथियमको प्रयोग भइरहेको छ । लिथियम ब्याट्री महंगो छ भने स्यान्ड ब्याट्री सुलभ रहेको छ ।
दुई जना फिनिस इन्जिनियरले स्यान्ड ब्याट्रीको विकास गरी फिन्ल्यान्डको कान्कान्पा सहरमा पहिलो व्यवसायिक जडान गरिसकेका छन् । उक्त ब्याट्रीलाई भटाजनकोस्की पावर प्लान्टमा जडान गरिएको छ ।
यसै सन्दर्भमा भटाजनकोस्की पावर प्लान्टका प्रबन्ध निर्देशक पेक्का पास्सी भन्छन्, “स्यान्ड ब्याट्री प्रविधि सामान्य रहेको छ । संसारमा कुनै पनि देशले यस अवधारणामा काम नगरेको र पहिलो पटक हामीले नै सफल परीक्षण गरेको हुँदा खुशी छौँ । यो अवधारणा सुन्दा अनौठो सुनिएता पनि तल्लीन भएर काम गर्दा सफलता हासिल गर्न सकिन्छ ।”
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया