होन्डाले ४० प्रतिशत उत्पादन कटौती गर्ने

0
Shares

कोभिड–१९ र रुस–युक्रेन युद्धका कारण सेमीकन्डक्टरको अभाव र आपूर्ति श्रृङ्खला अवरोध हुँदा अटोमेकर कम्पनी होन्डाले उत्पादन कटौती गर्ने भएको छ ।

होन्डाको उत्तरी टोकियोमा अवस्थित सैटिमा परफेक्चुयर प्लान्टबाट गरिने उत्पादनमा सेप्टेम्बर महिनामा ४० प्रतिशतले उत्पादन कटौती गर्ने भएको हो ।

यसैगरी पश्चिमी जापानमा अवस्थित सुजुका प्लान्टका दुई लाइनबाट पनि आगामी महिनामा ३० प्रतिशतका दरले उत्पादन कटौती गर्ने निर्णय होन्डाले गरेको छ ।

सेमीकन्डक्टरको अभाव तथा कोभिड–१९ महामारीका कारण सिर्जित लोजिस्टीकको समस्याका कारण उत्पादन कार्यमा समस्या उत्पन्न भएको छ । जसकारण भेजेल स्पोर्टस युटिलिटि भेइकल, स्टेपवागन मिनिभ्यान, सिभिग कम्प्याक्ट कारको उत्पादनमा असर परेको छ ।

यस अघि पनि होन्डनले अगस्ट महिनाभर ३० प्रतिशतले उत्पादन कटौती गर्ने जनाएको थियो । होन्डाले उत्पादनमा कटौती गर्दै गर्दा प्रतिस्पर्धी टोयोटाको उत्पादनमा भने बढेको छ ।

टोयोटाले सेप्टेम्बर महिना सम्म ८ लाख ५० हजार सवारी साधनको उत्पादन गर्ने जनाएको छ । यसैगरी नोभेम्बर महिनादेखि उत्पादनमा वृद्धि गरी आर्थिक वर्ष २०२२/२३ को अन्त्य सम्ममा ९ लाख ७० हजार सवारी साधा उत्पादन गर्ने लक्ष्य लिएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।