ब्रोकरलाई ब्रान्चलेस बनाउने हो भने सेयर बजार सबै नेपालीको घरघरमा पुग्छ

0
Shares

स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सन्तोष मैनालीले ब्रोकरलाई ब्रान्चलेस बनाउने हो भने सेयर बजार सबै नेपालीको घरघरमा पुग्ने बताएका छन ।

नेपाल आर्थिक पत्रकर समाज (सेजन) ले आयोजना गरेको ‘पुँजीबजारको विकास सम्बन्धी नीतिगत बहस कार्यक्रममा उनले शाखा खोल्न, आधिकारिक प्रतिनिधि राख्ने विषयमा धितोपत्र बोर्डले समयमा काम नगरेको दाबी गरे ।

अधिकारीक प्रतिनिधि राख्ने विषयमा बोर्डले अध्ययन गरेको त्यो अध्ययन अहिले निस्कृय बनेको अध्यक्ष मैनालीले जानकारी गराए । ब्रोकरको करोडौ लगानी भएकोले काठमाडौंमा मात्रै बसेर नपुग्ने भन्दै काठमाडौं बाहिर जान नदिने हो भने व्यवसाय बन्द गर्नुपर्ने अवस्था आउने धारणा राखे ।

धितोपत्र बोर्डको अहिलेको ऐन कानुनले ब्रोकर कार्यालय उपत्यका बाहिर जान समस्या भएको भनाई छ । बजार विकास विस्तारका लागि ब्रोकरको शाखा विस्तार हुनुपर्ने र त्यसो गर्दा ब्रोकरको खर्च बढ्ने उनको उनले बताए ।

भारतमा ब्रोकरको १५/२० वटा शाखा हुनेको हजार भन्दा बढी सब ब्रोकर रहेको स्मरण गराए । उनले नेपालमा पनि त्यो मोडलमा काम गर्न खोज्दा समस्या भएको मैनालीको भनाई छ।
ब्रोकरलाई ब्रान्चलेस बनाउने हो भने सेयर बजार सबै नेपालीको घरघरमा पुग्ने उनको तर्क छ ।

कार्यक्रममा स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पूर्व अध्यक्ष प्रियराज रेग्मीले मार्जिन कारोबार गर्नका लागि दुई वटा खातो खोल्न नेप्सेको सिस्टमले नदिएको गुनासो गरे ।

मार्जिन कारोबार भएपछि पुलमा पैसा राख्ने व्यवस्था गरेको स्मरण गराउँदै त्यो पैसामा कसको स्वामित्व हुने, लभकर ओषतमा गणना गर्ने, मार्जिन कारोबार बाट किनेको सेयर र अन्य सेयर एकै ठाँउ हुने हुँदा गणनामा समस्या हुने रेग्मीको भनाइ छ ।

२ वटा खाता खोल्न नेप्सेको सिस्टमले दिने हो भने मार्जिन कारोबार गर्न समस्या नआउने उनको बुझाइ छ । ब्रोकरले ल्याउने टिएमएसमा यस्तो सुविधा हुने उनको भनाइ छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।