अर्थमन्त्री जनार्दन शर्माले चाडबाड सुरु भएसँगै बिप्रेषण बढेकाले देशको अर्थतन्त्र बलियो हुँदै गएको बताएका छन ।
साथै उनले सरकाले बजेट खर्च प्रभावकारी रुपमा गर्ने नीति अख्तियार गरेकाले तरलताको अभाव हुन नदिने दाबी समेत गरे ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २४ औ बार्षिक साधारणसभामा मन्त्री शर्माले नेपालीहरुको ठूला चाडपर्वहरु नजिकएसँगै देशमा भित्रने बिप्रेषण बढ्दै गएकाले विदेशी मुद्रा संञ्चिती बढ्दै जाने र अर्थतन्त्र सबल हुँदै जाने बताए ।
मुलुकमा लगानी योग्य रकमको अभाव रहेको स्वीकार गर्दै उनले यस्तो हुन नदिन सरकारले बजेट खर्च प्रभावकारी बनाउन लागेको बताए । ‘तरलता अभाव हुन नदिन सरकारले बजेट खर्चमा ध्यान दिएको छ, चालू आवमा बजेट खर्च प्रभावकारी बनाउन सबै मन्त्रालयलाई निर्देशन दिइसकेका छौं उनले भने ।
बढ्दो विप्रेषण र बजेट खर्च प्रभावकारी हुँदा तरलताको समस्या नरहने उल्लेख गर्दै उनले निजी क्षेत्रलाई उत्पादन मुलक क्षेत्रमा लगानी बढाउन आग्रह समेत गरे देशमा लगानियोग्य बाताबरण रहेको भन्दै शर्माले, कृषि, बन लगायतका क्षेत्रमा लगानी बढाउन निजी क्षेत्रलाई आग्रह गरे ।
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया