बेलायतको मूल्यवृद्धि दर घटेको छ । अगस्ट महिनामा इन्धनको मूल्यमा कमी आएसँगै सो देशको मूल्यवृद्धि दर घटेको हो ।
जुलाई महिनामा १०.१ प्रतिशत पुगेको उपभोक्ता मूल्य सूचांक अगस्ट महिनामा घटेर ९.९ प्रतिशत कायम भएपछि बेलायतको वार्षिक मूल्यवृद्धि दर कम हुने प्रक्षेपण गरिएको हो ।
जुलाई महिनामा ४० वर्ष यताकै उच्च भएको उपभोक्ता सूचांक नियन्त्रणमा ल्याउन बेलायती केन्द्रीय बैंकले मुद्रास्फीतिबाट प्रभावित भएका परिवारको लागि स्टीमूलस जारी गरेको थियो । विश्लेषकहरुले बेलायतको अगस्ट महिनाको उपभोक्ता मूल्य सूचांक वृद्धि भई १०.२ प्रतिशत पुग्ने प्रक्षेपण गरेका थिए ।
अगस्ट महिनामा इन्धनको मूल्यमा ६.८ प्रतिशत कमी आउँदा उपभोक्ता मूल्य सूचांक पनि कम भएको हो । उपभोक्ता मूल्य सूचांकमा कमी आएता पनि बेलायतले ४० वर्ष यताकै उच्च हुन पुगेको मुद्रास्फीतिको सामना गरिरहेको छ ।
मुद्रास्फीति नियन्त्रणका लागि बैंक अफ इङ्गल्यान्डले सेप्टेम्बर २२ मा ०.७५ प्रतिशतले औसत ब्याजदर बढाउने सम्भावना रहेको छ ।
प्रतिक्रिया