निरन्तर गिरावटपछि बिटकोइनको मूल्य २० हजार डलर तल झर्‍यो

0
Shares

क्रिप्टोकरेन्सी बिटकोइनको मूल्यमा निरन्तर गिरावट आएपछि आज बिटकोइनको मूल्य २० हजार अमेरिकी डलर तल झरेको छ ।  एकै दिनमा १.५४ प्रतिशतले गिरावट आएको बिटकोइनको मूल्य आज १९ हजार ८०४ डलर हुन पुगेको हो ।

विश्व प्रख्यात क्रिप्टोकरेन्सी बिटकोइनको अधिकतम मूल्य ६४ हजार ४०० डलरसम्म पुगेको थियो । सन् २०२१ को नोभेम्बर महिनामा बिटकोइनको मूल्य आकाशिएको थियो । सो समयावधिको तुलनामा बिटकोइनको मूल्य २२३ प्रतिशतले घटेको छ ।

यसैगरी इथेरियम ब्लकचेन नेटवर्कको इथर कोइन आज एकै दिन ३.२ प्रतिशतले घटेर १ हजार ४२२ डलरमा कायम भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।