फेडले ब्याजदर नबढाउँदै सेयर बजार घट्दो क्रममा, डलर शक्तिशाली हुँदा अन्य मुद्रा कमजोर

0
Shares

अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ (फेड) ले औसत ब्याजदर बढाउनु अघि नै विश्व सेयर बजार ओरालो तर्फ लागेको छ ।

फेडले औसत ब्याजदर बढाउने निर्णय गरेसँगै डलर निरन्तर रुपमा शक्तिशाली भएको छ भने अरु देशका मुदा कमजोर सावित भएका छन् ।

फेडले ब्याजदर बढाउने निर्णय गरेसँगै एस एन्ड पी -५०० सेयर सूचांक एकै सातामा ५ प्रतिशतले घटेको छ । यसैगरी नास्डाक फ्युचर्स ०.५ प्रतिशतले घटेको छ ।  गत हप्ता ३ प्रतिशतले ओरालो लागेको जापान बाहिरको एसिया प्यासिफिक क्षेत्रको बृहत सूचांक आज ०.३ प्रतिशतले बढेको छ ।

सेयरबजार निरन्तर ओरालो लाग्दा दुई वर्षीय ट्रेजरी इल्डको कुपन रेट सन् २००७ यताकै उच्च ३.९२ प्रतिशत हुन पुगेको छ । यसैगरी डलर शक्तिशाली हुँदा पाउन्ड स्ट्रलीङ्ग, युरो लगायतका मुद्रा कमजोर भएका छन् । पाउन्ड स्ट्रलीङ्ग डलरको तुलनामा ३७ वर्ष यताकै कमजोर हुन पुगेको छ । आज १ पाउन्ड स्ट्रलिङ बराबर १.१३९६ डलरमा पाउन्ड स्ट्रलिङ र डलरको विनिमय भइरहेको छ ।

यसैगरी यूरो र अमेरिकी डलरबीच १ यूरो बराबर ०.९९९१ डलरमा विनिमय भइरहेको छ । आज जापानी येन र अमेरिकी डलरबीच १ डलर बराबर १४३.२५ येनमा विनिमय भइरहेको छ ।

ब्याजदर बढाउँदै जाँदा अमेरिकी ट्रेजरी इल्ड बढ्दै गएको र बेरोजगारी दर ३.५ प्रतिशतबाट बढेर ४–५ प्रतिशत सम्म पुग्ने विश्लेषण बैंक अफ अमेरिकाले गरेको छ । ब्याजदर बढ्दै जाँदा लगानीकर्ताहरुको मनोबल कमजोर हुने भएकाले आगामी दिनमा एस एन्ड पी सूचाङ्क घटेर न्यून बिन्दुमा पुग्ने चेतावनी बैंक अफ अमेरिकाले दिएको छ ।

बुधबार बस्ने फेडको बैठकले कति बिन्दुले बयाजदर बढाउने निर्कौल गर्ने छ । फेडले यसअघि लिएको आक्रामक कदमबाट ब्याजदर ०.७५ प्रतिशत या १ प्रतिशतले बढ्ने अनुमान विश्लेषकहरुले गर्दै आएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।