अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले सन् २०२२ मा भारतको आर्थिक वृद्धिदर ६.८ प्रतिशतमा झार्ने प्रक्षेपण गरेको छ ।
आईएमएफले यस वर्ष भारतको आर्थिक वृद्धिदरको प्रक्षेपणलाई दोस्रो पटक घटाएको हो ।
जुलाईमा आईएमएफले सन् २०२२ को अप्रिलदेखि सुरु हुने आर्थिक वर्षमा भारतको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) ७.४ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको थियो । यो अनुमान यस वर्षको जनवरीमा अनुमान गरिएको ८.२ प्रतिशतभन्दा कम हो ।
आर्थिक वर्ष २०२१/२२ (अप्रिल २०२१ देखि मार्च २०२२) मा भारतको आर्थिक वृद्धि दर ८.७ प्रतिशतले बढेको छ ।
आईएमएफले मङ्गलबार सार्वजनिक गरेको वार्षिक अन्तर्राष्ट्रिय आर्थिक मूल्याङ्कन रिपोर्टमा सन् २०२२ मा भारतको आर्थिक वृद्धिदर ६.८ प्रतिशत रहने उल्लेख छ । जुलाईको पूर्वानुमानभन्दा ०.६ प्रतिशत बिन्दुले तल झरेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया