विश्व बजारमा डलर शक्तिशाली भइरहँदा जापानी येन सन् १९९८ यताकै कमजोर हुन पुगेको छ ।
आज जापानी येन र अमेरिकी डलरबीच १ डलर बराबर १४६.९८ येनमा विनिमय भइरहेको छ । डलर शक्तिशाली हुँदा जापानी येन मात्रै नभई पाउन्ड स्ट्रलीङ, युरो लगायतका अन्य देशका मुद्राहरु पनि कमजोर हुन पुगेका छन् ।
आज १ पाउन्ड स्ट्रलीङ बराबर १.१० अमेरिकी डलरमा कारोबार भइरहेको छ भने १ युरो बराबर ०.९७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
४० वर्ष यताकै उच्च हुन पुगेको मुद्रास्फीति नियन्त्रण गर्न अमेरिकी केन्द्रीय बैंक–फेडरल रिजर्भले औसत ब्याज दर बढाइरहेको छ । फेडले औसत ब्याजदर बढाउँदा लगानीकर्ताको मनोबलमा गिरावट आउँदा सेयर बजार ओरालो लागिरहेको छ । सुरक्षीत लगानीका सूत्र खोज्दै लगानीकर्ताहरुले डलरमा लगानी गर्दा डलरको माग बढ्न गई डलर आकाशिएको छ ।
डलर आकाशिदा विकसीत तथा विकासशील देशहरु समस्यामा परेका छन् । डलर निरन्तर बलियो हुँदा विकासोन्मुख राष्ट्रहरुले गर्ने आयातमा चुनौती थपिएको छ । यसैगरी विदेशी सञ्चितिमा पनि कमी आएको छ ।
नेपालको अर्थतन्त्र आयात निर्भर भएकाले विश्व बजारमा डलर शक्तिशाली हुँदा आयातमा चुनौती थपिएको छ । आज १ डलर बराबर १३२.०१ रुपैयाँमा कारोबार भइरहेको छ।
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया