बाढी पहिरोबाट अत्यधिक प्रभावित भएको पाकिस्तानमा रेमिट्यान्स घट्न थालेको छ ।
पाकिस्तानको केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणमा गत सेप्टेम्बर महिनामा पाकिस्तानमा रेमिट्यान्स घटेको देखिएको हो ।
गत महिना १०.५० प्रतिशतको दरले रेमिट्यान्स घटेको बैंकका उच्च अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् । विभिन्न देशमा रहेका पाकिस्तानका नागरिकले गत महिना दुई अर्ब ४० करोड रेमिट्यान्स पठाएकोमा अघिल्लो महिना दुई अर्ब ७० करोड रेमिट्यान्स आएको थियो ।
सबैभन्दा धेरै साउदी अरबबाट रेमिट्यान्स आएको देखिएको छ भने दोस्रो धेरै संयुक्त अर्ब इमिरेट्स (युएइ) बाट आएको पाइएको छ ।
त्यसैगरी बेलायत, अमेरिकालगायतका अति विकसित देशहरूबाट रेमिट्यान्स रकम पठाउनेहरूको सङ्ख्या पनि धेरै रहेको छ । पाकिस्तानको अर्थतन्त्रमा रेमिट्यान्सको ठूलो भूमिका रहेको छ । पाकिस्तानमा रेमिट्यान्सलाई विदेशी मुद्रा आयातको मुख्य श्रोतका रूपमा लिइन्छ ।-रासस
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया