अन्तर्राष्ट्रिय विनिमय बजारमा डलर शक्तिशाली हुँदा कमजोर हुन पुगेको चीनकाे मुद्रा युआनको बचाउ गर्न चीनका स्टेट बैंकहरुले स्वाप र स्पट ट्रेड मार्फत डलर बिक्री गरेका छन् ।
युआनलाई थप कमजोर हुन नदिन स्टेट बैंकहरुले विदेशी सञ्चितिमा रहेको डलरको प्रयोग नगरी कमोडिटी मार्केट मार्फत डलर बिक्री गरेका हुन् ।
समाचार माध्यम रोयटर्सका अनुसार चिनियाँ स्टेट बैंकहरुले फर्वाड मार्केटमा युआनसँग डलरको स्वाप गरी स्पट मार्केटमा गई स्वाप गरेको डलर बिक्री गरेका छन् । यस अघि सन् २०१८ र २०१९ मा पनि युआन बचाउका लागि केन्द्रीय बैंकहरुले यहि कदम चालेका थिए ।
डलरसँगको विनिमयमा कमजोर हुँदै गएको युआनको बचाउमा फवार्ड मार्केट मार्फत युआनसँग डलर स्वाप गर्न र युआनको मूल्य अवमूल्यन हुन नदिन स्टेट बैंकहरुले पहलकदमी रहेको बजारका विज्ञहरुको भनाइ रहेको छ ।
स्टेट बैंकहरुले यकिन कति डलर बिक्री गरे भन्ने बारेमा भने बैंकहरुले जानकारी दिएका छैनन् । गत वर्षको तुलनामा युआन ११.६० प्रतिशतले अवमूल्यन भएको छ । आज एक डलर बराबर ७.१९८० युआनमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया