बेलायती अर्थमन्त्री जेरेमी हन्टको निर्णय: कर्पोरेट कर कटौति नगर्ने

0
Shares

बेलायती अर्थमन्त्रीले पूरक बजेट घोषणा गर्ने क्रममा कर्पोरेट कर कटौती नगर्ने निर्णय गरेका छन् ।

यसअघि बेलायती प्रधानमन्त्री लिज ट्रसले कर्पोरेट कर कटौति निर्णय गरेकी थिइन् । उनको निर्णयलाई उल्टाउँदै अर्थमन्त्री हन्टले कर्पोरेट करबाट सरकारले ३२ बिलियन पाउन्ड (३६.२ बिलियन डलर) संकलन गर्ने बताएका छन् ।

यसैगरी पूरक बजेटमा लिज ट्रसले आम्दानी करको दायरा बढाई २५ प्रतिशत पुर्‍याउने निर्णय गरेकी थिइन् । लिजको उक्त निर्णयलाई पनि परिवर्तन गरी आम्दानी करको दायरा २० प्रतिशत घोषणा गरेका छन् ।

यस अघि इन्धनको अभाव र मूल्यवृद्धिबाट प्रभावित भएका सबै वर्गका मानिसहरुलाई एकै किसिमको राहत प्याकेज दिने व्यवस्था रहेको थियो । उक्त व्यवस्थालाई परिमार्जन गरी धनी वर्गका मानिसहरुलाई थोरै र निम्न वर्गका मानिसहरुलाई धेरै सुविधा दिने निर्णय गरेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।