बेलायतकी प्रधामन्त्री लिज ट्रसले दिइन् राजीनामा, के बोरिस फर्किएलान् त ?

0
Shares

बेलायतकी नवनिर्वाचित प्रधानमन्त्री लिज ट्रसले प्रधानमन्त्री पदबाट राजीनामा दिएकी छिन् ।

कार्यभार सम्हालेको ६ हप्तामा नै उनले राजीनामा दिएकी हुन् । कर्पोरेट कर कटौतीलाई लिएर चर्चामा आएकी ट्रसको आर्थिक नीतिलाई उनकै अर्थमन्त्री जेरेमी हन्टले अनुमोदन नगरेपछि उनी थप विवादित बनेकी थिइन् ।

विश्वव्यापी अर्थतन्त्र अनिश्चितता तर्फ धकेलिरहेको र बेलायतमा मुद्रास्फीति दर १०.२० प्रतिशत रहेको समयमा ट्रसले गरेको निर्णयको विश्वव्यापी रुपमा नै आलोचना भइरहेको थियो ।

यसैबीच पूरक बजेट घोषणा गर्दै अर्थमन्त्री जेरेमी हन्टले कर्पोरेट कर कटौती नगर्ने घोषणा गरेपछि उनको प्रधानमन्त्री पद समस्यामा परेको थियो । अन्ततः उनले राजीनामा नै दिएकी छिन् ।

उनको राजीनामाले बेलायतको अबको प्रधानमन्त्री को त भन्ने प्रश्न उब्जाएको छ । बेलायतको सासंदमा कन्र्जभेटिभ पार्टीको बहुमत रहेको छ । अक्टोबर २८ मा पार्टीले बेलायतको नयाँ प्रधानमन्त्री घोषणा गर्ने छ ।

यसैबीच पूर्व प्रधानमन्त्री बोरिस जोनसन नै प्रधानमन्त्री पदमा दोहोरिन्छन् कि भन्ने आशंका अधिकांश मानिसहरुले गरिरहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।