अमेरिकी ट्रेजरी विभागकी प्रमुख जेनेट हेलेनले भारतले रुसबाट चाहे जति इन्धन खरिद गर्न सक्ने जिकिर गरेकी छिन् ।
अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले लिएको अन्तवार्तामा उनले जी–७ राष्ट्रहरुले घोषणा गरेको मूल्यभन्दा माथि रहेर भारतले रुसबाट आयात गर्नसक्ने बताएकी हुन् । भारत र रुसबीचको कच्चा तेलको कारोबारलाई लिएर अमेरिका खुशी भएको समेत उनले बताइन् ।
रुस–युक्रेन युद्ध चलिरहँदा त्यसले विश्वव्यापी रुपमा प्रभाव पारेको कारण रुसलाई युद्ध रोक्ने अवस्थमा पु¥याउन जी-७ राष्ट्रहरुले रुसी तेल खरिदकर्ताहरुले निश्चित शुल्क तिर्नुपर्ने नियम अघि सारेका छन् । डिसेम्बर ५ बाट लागू हुनेगरी जी-७ ले इन्धनको मूल्य घोषणा गर्नेछन् । डिसेम्बर ५ देखि युरोपियन युनियन अन्तर्गतका राज्यहरुले रुसी तेललाई पूर्ण रुपमा बन्द गर्नेछन् । रुसले प्रतिदिन १० लाख ब्यारल कच्चा तेल युरोपियन युनियनमा आपूर्ति गर्दै आएको छ ।
कच्चा तेलको निर्यात नै रुसको आम्दानीको मुख्य स्रोत रहेको छ । युरोपियन युनियनले रुसी कच्चा तेलको प्रयोगमा प्रतिबन्ध लगाएपछि रुस सस्तो मूल्यमा तेल बिक्री गर्न बाध्य हुने हेलेनको धारणा रहको छ । रुसी तेललाई यूरो क्षेत्रका राज्यहरुले प्रतिबन्ध लगाएपछि रुसलाई तेल आपूर्तिमा समस्या हुने र तेल बिक्रीका लागि रुसले पश्चिमा बाहेकका अरु देशहरुमा आपूर्ति बढाउने अनुमान उनले गरेकी छिन् । त्यस समयमा भारतले कच्चा तेलको मूल्यमा बार्गेन गर्न सक्नेछ ।
भारत रुसी तेलको दोस्रो ठूलो आयातकर्ता रहेको छ । हालै भारतीय परराष्ट्र मन्त्रीले आफूहरुले रुसबाट तेल आयात गर्दा सस्तो पर्ने र राज्यलाई थोरै भार पर्ने बताएका छन् । उनको यस वक्तव्य पछि नै हेलेनले भारत र रुसको व्यापार सम्बन्धलाई लिएर अमेरिका खुशी भएको जनाएकी छिन् ।
रुसले युक्रेनमा आक्रमण गरे यता भारतले रुससँग आफ्नो व्यापारिक सम्बन्ध प्रगाढ बनाउदै गएको छ । विशेषतः कच्चा तेलको खरिदमा भारतले अमेरिकी कच्चा तेललाई भन्दा रुसी तेललाई प्राथमिकतामा राखेको छ ।
विश्वका ठूला अर्थतन्त्र भएका प्रमुख औद्योगिक राष्ट्रहरुको समूह (जी-७) मा संयुक्त राज्य अमेरिका, जापान, बेलायत, फ्रान्स, जर्मनी, इटाली र क्यानाडा पर्दछन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया