इ–कमर्स कम्पनी अमेजनले यसै सातादेखि १० हजार कर्मचारी सङ्ख्या कटौति गर्ने भएको छ ।
अमेजनको भोइस असिस्टेन्ट एलेक्सामा काम गर्ने, खुद्रा विभाग र मानव स्रोत व्यवस्थापन विभागमा काम गर्ने कर्मचारीहरु कटौति गर्ने अन्तर्राष्ट्रिय समाचार माध्यम न्यूयोर्क टाइम्सले जनाएको छ ।
सन् २०२१ को डिसेम्बर महिनासम्मको तथ्यांक अनुसार अमेजनमा १६ लाख ८ हजार मानिसहरु कार्यरत छन् ।
४० वर्ष यताकै उच्च मुद्रास्फीतिबाट ग्रसित रहेका अमेरिकी कम्पनीहरुले आर्थिक मन्दीको सामना गर्न कर्मचारी कटौती तथा दीर्घकालीन रुपमा फाइदा गर्ने योजनाहरुलाई यथावत राखी रहेका छन् ।
गत साता सूचना प्रविधि कम्पनी मेटाले पनि ११ हजार कर्मचारी कटौती गर्ने जनाएको थियो । यसैगरी एलन मक्सले सामाजिक सञ्जाल ट्वीटरलाई अधिग्रहण गरेपछि ट्वीटरमा कार्यरत आधा भन्दा धेरै कर्मचारी सङ्ख्या कटौति गरेका छन् ।
पछिल्लो समय माइक्रोसफ्ट, लिफ्ट, स्ट्राइप, स्नापच्याट लगायतका सामाजिक सञ्जाल तथा बैंक वित्तीय संस्थाहरुले पनि उल्लेख्य रुपमा कर्मचारी सङ्ख्या कटौति गरिरहेका छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया