टाटा मोटर्सले जनवरीबाट व्यवसायिक सवारी साधनको मूल्य बढाउने

0
Shares

भारतीय अटोमेकर कम्पनी टाटा मोटर्सले आगामी जनवरी महिनाबाट व्यवसायिक सवारी साधनहरुको मूल्य २ प्रतिशतले बढाउने भएको छ ।

कच्चा पदार्थको मूल्यमा भएको वृद्धिका कारण उत्पादन लागत बढेपछि टाटा मोटर्सले सवारी साधनको मूल्य बढाउने निर्णय गरेको हो ।

सवारी साधन निर्माणमा प्रयोग हुने स्टील र आल्मुनियम धातुको मूल्य आकाशिएपछि कम्पनीले उत्पादन गर्ने ट्रक तथा बसहरुको मूल्य बढेको विश्लेषकहरुको दाबी रहेको छ ।

विभिन्न बाह्य कारणहरुले कच्चा पदार्थको मूल्य वृद्धि गरेका कारण उत्पादन लागत बढेतापनि कम्पनीले व्यवसायिक सवारी साधनहरुको मूल्य यस अघि बढाएको थिएन । तर उत्पादन लागत निरन्तर रुपमा बढ्दै गएपछि कम्पनी बाध्य भएर मूल्य बढाएको विज्ञप्ति मार्फत जनाएको छ ।

व्यवसायिक सवारी साधनहरुको मूल्य नबढाएता पनि टाटा मोटर्सले प्यासेन्जर गाडीहरुको मूल्य बढाइरहेको छ । सन् २०२२ को सुरुवातमा कम्पनीले २.५ प्रतिशतले सवारी साधनहरुको मूल्य बढाएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।