सन् २०२३ मा इन्डोनेसियाले घरेलु आपूर्ति र निर्यातको माग पूरा गर्न आफ्नो कोइला उत्पादन ६९ करोड ४० लाख टन पु¥याउने लक्ष्य राखेको देशको ऊर्जा तथा खनिज स्रोत मन्त्रालयले मङ्गलबार घोषणा गरेको छ ।
“हामीलाई थाहा छ सन् २०२२ मा हामीले ६६ करोड ३० लाख टन उत्पादन गर्ने लक्ष्य राखेका थियौँ र हालसम्म उत्पादन ९४.६ प्रतिशत अर्थात् करिब ६२ करोड ७० लाख टन पुगेको छ ।
अर्को वर्ष हाम्रो घरेलु आवश्यकता बढ्दै गएको छ,” मन्त्रालयको खनिज तथा कोइला महानिर्देशनालयका कोइला व्यवसायका लाना सारियाले भर्चुअल सेमिनारमा भनेका छन् ।
उनले युरोपेली देशहरूबाट इन्डोनेसियाको उच्च कोइलाको माग उच्च रहेको बताएका छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया