अमेरिकी प्रतिनिधि सभाले शुक्रबार संघीय सरकारलाई आर्थिक सहयोग गर्ने उद्देश्यले विशेष आर्थिक प्याकेज पारित गरेको छ ।
उक्त १.७ ट्रिलियन अमेरिकी डलरको ओम्निबस बिल- बिहीबार सिनेटले पारित गरेर ह्वाइट हाउस पठाइँदैछ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार उक्त प्याकेज आफ्नो डेस्कमा पुग्ने बित्तिकै हस्ताक्षर गर्ने बताएका छन् ।
एक हप्ताको निरन्तर छलफलपश्चात् चार हाजर पृष्ठ लामो उक्त प्रतिवेदन अब राष्ट्रपतिको हस्ताक्षरको पर्खाइमा छ।
आर्थिक वर्ष सन् २०२३ को लागि ठूलो खर्च कानूनमा गैर-रक्षा, घरेलु कार्यक्रमका लागि ७७२।५ बिलियन डलर र रक्षा कोषमा ८५८ बिलियन डलर समावेश छ । यो रकम अघिल्लो वर्षको तुलनामा झण्डै १० प्रतिशतले बढेको छ।
यसले रुससँग चलिरहेको द्वन्द्वको बीच युक्रेनका लागि करिब ४५ अर्ब डलर आपतकालीन कोष पनि उपलब्ध गराउँदै छ । सैन्य गतिविधिमा ठूलो रकम खर्च गरेकोमा संयुक्त राज्य अमेरिकाको चर्को आलोचना भइरहेको बेला यो कोष आएको हो ।
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया