पाकिस्तानी प्रधानमन्त्री पुत्र सुलेमानलाई लाहोरको अदालतद्वारा जमानत दिन र अनुसन्धान जारी राख्न आदेश

0
Shares

पाकिस्तानको राष्ट्रिय जवाफदेही ब्यूरो (एनएबी) को लाहोरस्थित एक अदालतले सुलेमान शहबाजलाई सम्पत्ति शुद्धीकरण मुद्दामा जनवरी ७ सम्मका लागि अन्तरिम जमानतमा सम्पत्ती शुद्धिकरण मुद्दाको अनुसन्धानमा सामेल गर्न निर्देशन दिएको छ ।

उनलाई सम्पत्ती शुद्धिकरण मुद्दाको अनुसन्धानमा सामेल गर्न निर्देशन दिइएको हो । अदालतले उनलाई अनुसन्धानमा संलग्न हुन पनि आदेश दिएको छ । शहबाजले एफआईए र अनुसन्धान अधिकारीहरूलाई पक्षकारको रूपमा उल्लेख गर्दै अदालतमा जमानत याचिका दायर गरेका थिए ।

सुलेमानले निवेदनमा भनेका थिए, “अदालतले उहाँलाई फरार घोषित गर्नु अघि कानुनी प्रक्रियाहरू पूरा गर्नु आवश्यक छ ।”

सुलेमानले आफुलाई एफआईएले आधारहीन रूपमा सम्पत्ती शुद्धिकरण मामलामा नाम लिएको, आफुलाई अदालती सुनवाईको कुनै पनि सूचना प्राप्त नगराइएको र जानकारी बिना फरार घोषित गरिएको दावी गर्दै निवेदन दिएका थिए ।

सुनुवाइका क्रममा न्यायाधीशले सुलेमानको कम्प्युटरमा रेकर्ड रहेको राष्ट्रिय परिचय पत्र (सीएनआईसी) को माग गरेका छन् । यसको जवाफमा उनले आफूसँग अहिले उक्त प्रकृतिको राष्ट्रिय परिचय पत्र नभएको बताएका थिए ।

यद्यपि, उनले अदालतले मागेका कागजातलाई अर्को सुनुवाइमा ल्याउने सुनिश्चित गरेको द न्यूज इन्टरनेसनलले रिपोर्ट गरेको छ । अदालतले पछि उनलाई जनवरी ७ सम्मका लागि अन्तरिम जमानत दिएको हो ।

प्रधानमन्त्रीका छोराले गत महिना आफ्नो आत्मनिर्वासन अन्त्य गर्दै आफूविरुद्धको मुद्दाको सामना गर्ने घोषणा गरेका थिए । सन् २०१९ को अक्टोबरमा जवाफदेही अदालतले सुलेमानलाई भगोडा अपराधी घोषणा गरेको थियो ।

राष्ट्रिय जवाफदेही ब्युरो (एनएबी) का अभियोजकले अदालतलाई सम्पत्ति शुद्धीकरण र आयको ज्ञात स्रोतभन्दा बढी सम्पत्ति राख्ने सम्बन्धमा अनुसन्धानका क्रममा पटक–पटक बोलाइए पनि उनी भ्रष्टाचार विरोधी निकायमा उपस्थित हुन नसकेको बताएपछि यो आदेश आएको हो । रासस

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।