भारतको चालु खाता घाटा ३ महिनामै दोब्बरले बढेको छ । भारतीय रिजर्भ बैंक (आरबीआई)ले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार चालु खाता घाटा बढेर कुल ग्राहस्थ उत्पादन (जीडिपी)को ४.४ प्रतिशत पुगेको हो ।
आर्थिक वर्ष २०२१/२२ को अन्तिम त्रैमासमा जीडिपीको २.२ प्रतिशत रहेको चालु खाता घाटा २०२२/२३ को दोस्रोे त्रैमासमा बढेर ४.४ प्रतिशत पुगेको हो । व्यापार घाटा बढ्दै गएपछि भारतको चालु खाता घाटा पनि बढ्दै गएको आरबीआईले जनाएको छ ।
जुलाई महिनादेखि सेप्टेम्बर महिनासम्मको व्यापार घाटा आरबीआईले सार्वजनिक गरेको छ । सेप्टेम्बर सम्म भारतको चालु खाता घाटा ३६.४ अर्ब डलर पुगेको आरबीआइले जनाएको छ । सन् २०२२को जुन महिनासम्म भारतको चालु खाता घाटा १८.२ अर्ब डलर रहेको थियो भने उक्त घाटा सेप्टेम्बर महिनामा दोब्बरले बढेर ३६.४ अर्ब डलर पुगेको हो ।
सन् २०२२को अप्रिल महिनासम्म भारतको व्यापार घाटा ६३ अर्ब डलर थियो । सेप्टेम्बर महिनामा उक्त घाटा ८३.५ अर्ब डलर पुगेपछि चालु खाता घाटा बढेको आरबीआइले उल्लेख गरेको छ।
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया