च्याटजीपीटीमा लगानी गर्न माइक्रोसफ्ट उत्सुक, गुगललाई टक्कर दिनसक्ने

0
Shares

छोटो समयमा नै युवा पुस्ता माझ लोकप्रिय बनेको च्याटजीपीटीमा आइटी कम्पनी माइक्रोसफ्टको पनि ध्यान केन्द्रित भएको छ ।

ओपनएआई नामक कम्पनीले सन् २०२२को नोभेम्बरमा च्याटजीपीटी लञ्च गरेको थियो । च्याटजीपीटीले प्रयोगकर्ताहरुले सोधेका प्रश्नहरुको सरल र सहज भाषा शैलीमा उत्तर दिने गर्छ ।

च्याटजीपीटीलाई बिङ सर्च इन्जिनमा जोड्न माइक्रोसफ्टले कसरत गरिरहेको छ । यदि बिङमा च्याटजीपीटी जोडियो भने यसले गुगललाई टक्कर दिनसक्ने विश्लेषकहरुले बताएका छन् । माइक्रोसफ्ट कर्पोरेशनले च्याटजीपीटीको संस्थापक ओपन एआईसँग १० अर्ब डलर लगानीका विषयमा छलफल अगाडि बढाएको रोयटर्सले जनाएको छ ।

सन् २०१९ मा माइक्रोसफ्टले ओपन एआईमा १ अर्ब डलर लगानी गरेको थियो । अहिले ओपनएआई कम्पनीको भ्यालुएशन २९ अर्ब डलर रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।