माघको सुरुवातमै सुनको भाउ उच्च बढ्यो, रेकर्ड तोड्ने आंकलन

0
Shares

विवाहको सिजन माघको सुरुवातमा नै सुनको भाउ उच्च रुपमा बढेको छ । माघे संक्रान्तिका दिनमा नै सुन अघिल्लो दिनको तुलनामा तोलामा १ हजार १०० रुपैयाँले बढेको हो ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार माघ १ गते आइतबार छापावाल सुनको भाउ तोलाको १ लाख ५ हजार रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुनको मूल्य आज १ लाख ४ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ ।

शुक्रबार छापावाल सुन तोलाको १ लाख ३ हजार ९०० रुपैयाँ, तेजावी सुन १ लाख ३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेर १ हजार ३९० रुपैयाँ पुगेको छ । अघिल्लो दिन शुक्रबार चाँदी प्रतितोला १ हजार ३६५ रुपैयाँमा कारोबार भएको थियो ।

यसअघि २०७८ फागुन २५ गते हालसम्मकै उच्च भाउमा सुन किनबेच भएको थियो । उक्त दिन १ लाख ५ हजार ५०० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।आज अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔँस अमेरिकी डलर १९२० तथा चाँदी २४.२७ डलर हाराहरीमा कारोबार भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।