माघ ३ गते ५ अर्ब २० करोड रुपैयाँको ट्रेजरी बिल जारी हुने भएको छ । नेपाल राष्ट्र बैंकले ९१ दिन अवधिको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको हो ।
यसअघि माघ २ गते सोमबार ट्रेजरी बिलको बोलकबोल रहेकोमा सरकारले पोखरामा आइतबार दुर्घटना भएको यति एअरलाइन्सको विमानमा परि निधन भएका ७२ जनाको शोकमा शोक बिदा दिएपछि ट्रेजरी बिलको बोलकबोलको मिति पनि सरेको हो ।
केन्द्रीय बैंकले जारी गर्ने उत्त ९१ दिनको ट्रेजरी बिल २०८० वैशाख ५ गते परिपक्व हुनेछ । बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन् । मंगलबार दिउँसो २ बजेभित्र अनलाइनका माध्यमबाट बोलकबोलमा सहभागि हुन सकिनेछ ।
बोलकबोलमा सबैभन्दा बढी मूूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ । ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको लागि आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया