दुई महिनाको अन्तरालमा फेरि टाट पल्टियो अर्को क्रिप्टो फार्म

0
Shares

पछिल्लो समय यता क्रिप्टो फार्महरु टाट पल्टिदै जान थालेका छन् । दई महिनाको अवधिमा मात्रै दुई क्रिप्टो फार्महरुले टाट पल्टिएको घोषणा गरेका हुन्।

गत नोभेम्बरमा अमेरिकाको क्रिप्टो फार्म एफटीएक्सले आफू टाट पल्टिएको घोषणा गरेको थियो । त्यसको दुई महिना पछि क्रिप्टो लेन्डिङ फार्म जेनेसीसले टाट पल्टिएको घोषणा गरेको हो।

यस अघि सबैभन्दा ठूलो लेन्डर मानिएका क्रिप्टो फार्महरु धरासायी अवस्थामा पुगेका छन् । नोभेम्बर महिनामा एफटीएक्स र ब्लकफाइले टाट पल्टिएको घोषणा गर्दै अदालतमा पुगेका थिए । उनीहरुको मुद्दा अमेरिकी अदालतमा चलिरहेको छ।

यस्तै एफटीएक्सका संस्थापक साम ब्यांकमान फ्राइडले लगानीकर्ताहरुको फन्डको दुरुपयोग गरी कम्पनी टाट पल्टिएको लगानीकर्ताहरुको गुनासो रहेको छ ।

जेनेसीस फार्मले टाट पल्टिएको घोषणा गरेसँगै क्रिप्टोकरेन्सी बिटकोइनको मूल्यमा गिरावट आएको छ । २१ हजार ३०० अमेरिकी डलर प्रति कोइन पुगेको बिटकोइनको मूल्य आज २० हजार ९७१ डलर रहेको छ । यस्तै इथर कोइनको मूल्यमा पनि कमी आएको छ । १६०० डलर नजिक पुगेको इथर कोइन आज १५४७ डलरमा पुगेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।