भारतमा चार्जिङ स्टेशनको विस्तार तीव्र, सन् २०२५ सम्ममा १० हजार पुर्याउने

0
Shares

पछिल्लो समयमा भारतमा विद्युतीय कार प्रयोगकर्ताहरुको सङ्ख्या बढेको छ । विद्युतीय सवारी साधनहरुको प्रयोगमा वृद्धि भएसँगै भारतले चार्जिङ स्टेशनको विस्तार तीव्र गतिमा सुरु गरेको छ ।

विशेषतः दुई पाङ्ग्रे विद्युतीय सवारी साधनहरुको प्रयोग बढेसँगै चार्जिङ स्टेशनको आवश्यकता भारतमा बढेको भारतीय उर्जा मन्त्रालयले जनाएको छ । चार्जिङ स्टेशनको विकासका लागि उर्जा मन्त्रालयले पाँच क्षेत्रमा विकास गर्ने लक्ष्य लिएको छ ।

मन्त्रालयले इलेक्ट्रिक भेइकल स्प्लाई इक्युप्मेन्टको प्रयोगमा वृद्धि, पब्लिक चार्ज स्टेशन, ब्याट्री चार्जिङ स्टेशन, क्याप्टीभ चार्जिङ स्टेशन र ब्याट्री स्वापिङ स्टेशनको विकास गरी चार्जिङ स्टेशन विकास गर्ने योजना बनाएको हो ।

सन् २०२२ को अन्त्यसम्ममा भारतमा २७ सय पब्लिक चार्जिङ स्टेशन र ५५ सय चार्जिङ कनेक्टर रहेका छन् । सन् २०२५ सम्ममा भारतले पब्लिक चार्जिङ स्टेशनको सङ्ख्या बढाएर १० हजार पु¥याउने काउन्टरपोइन्ट रिसर्चले जनाएको छ ।

भारतमा विद्युतीय सवारी साधन प्रयोगकर्ताहरुको सङ्ख्यामा वृद्धि भएसँगै सन् २०३० सम्ममा देशभर २० लाख ५० हजार चार्जिङ स्टेशन बढाउनु पर्ने अनुसन्धानबाट प्राप्त निष्कर्ष छ ।

विद्युतीय चार्जिङ सोलुसन कम्पनी–स्टाटिकका सह–संस्थापक राघव अरोराले धेरै लोडको व्यक्तिगत चार्जिङ स्टेशन विकास गर्न फिजिवल नभएका कारण विद्युतीय चार्जिङ स्टेशनको पहुँच बढाउन तथा चार्जिङ सुविधालाई सस्तो र भरपर्दो बनाउन पब्लिक चार्जिङ स्टेशन विकासको आवश्यकता रहेको जनाएका छन् ।

उनको कम्पनी स्टाटिकले भारतका विभिन्न ६० सहरमा ७ हजार चार्जर जडान गरिसकेको छ भने आर्थिक वर्ष २०२३ को अन्त्यमा २० हजार इभी चार्जर जडान गर्ने लक्ष्य लिएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।