एशियाका शीर्ष धनाढ्य गौतम अडानीका कम्पनीमा फ्रड गतिविधि भएको आरोप

0
Shares

न्युवर्कको हिडनबर्ग रिसर्च संस्थानले एशियाका धनाढ्य व्यक्तिहरुको शीर्ष सूचीमा रहेका गौतम अडानीका कम्पनीहरुमा फ्रड गतिविधिहरु भएको जनाएको छ ।

रिसर्च संस्थानले प्रतिवेदन सार्वजनिक गरेलगत्तै अडानी ग्रुपका कम्पनीहरुको मार्केट भ्यालु ५० अर्ब डलरले घटेको छ । यस्तै गौतम अडानीको नेटवर्थ २० अर्ब डलर भन्दा धेरैले तल खसेको छ । हिडनकर्ग रिसर्च संस्थानले अडानी ग्रुपका कम्पनीहरुले निर्लज्ज तरिकाले कम्पनीको स्टकमा चलखेल गरेको र अकाउन्टीङ फ्रौड गरेको आरोप लगाएको छ ।

प्रतिवेदनलाई प्रतिकार गर्दै कम्पनीले उक्त जानकारी दिगभ्रमित र अपूर्ण रहेको जनाएका छ । अडानी ग्रुपले उक्त रिसर्च संस्थान विरुद्ध कानुनी प्रक्रियामा जाने घोषणा समेत गरेको हो ।

फोब्र्स म्यागाजीनका अनुसार प्रतिवेदन सार्वजनिक हुनु अघि गौतम अडानी विश्वको तेस्रो धनी व्यक्तिको सूचीमा रहेका थिए । तर प्रतिवेदन प्रकाशन भएसँगै उनको नेटवर्थमा गिरावट आउँदा उनी सातौ स्थानमा पुगेका छन् ।

अडानी ग्रुप विरुद्धको प्रतिवेदन सार्वजनिक गर्ने रिसर्च संस्थानले स्टक मार्केटमा हुने सर्टसेलिङ र कम्पनीको नेटवर्थमा कसरी गिरावट आउछ भन्ने विषयमा विज्ञ रहेको छ ।

यस संस्थानले गौडम अडानीलाई “पुलिङ दी लारजेस्ट कम इन कर्पोरेट हिस्ट्री” अर्थात् “कर्पोरेट जगतको सबैभन्दा ठूलो फ्रौड”को आरोप लगाएको छ।

अडानी ग्रुपले सार्वजनिक निष्काशन गर्ने तयारी गरिरहेको समयमा हिडनबर्ग रिसर्च संस्थानले उक्त प्रतिवेदन सार्वजनिक गरेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।