भारत सरकारले नेपाल लागि छुट्याउने गरेको बजेट क्रमश घटाउँदै लगेको छ । भारतले आर्थिक वर्ष २०२२/०२३ को बजेट मार्फत ४ अर्ब २५ करेड भारु अनुदानको व्यवस्था गरेकोमा चालु आवको बजेटमा ५ अर्ब ५० करोड भारुको सहयोग गर्ने उल्लेख गरेको छ ।
भारतीय अर्थमन्त्री निर्मला सितारमणले आर्थिक वर्ष २०२३/२०२४ का लागि २४ लाख ३ हजार ९७ करोड भारु बरावरको बजेट सार्वजनिक गरेकी छन । उक्त बजेमा नेपाललाई दिन ५ अर्ब ५० करोड भारु छुट्याएकी हुन । यो भनेको नेपाली ८ अर्ब ८० करोड रुपैयाँ बरावर हो ।
भारतले आर्थिक वर्ष २०१९/२०२० मा ११ अर्ब ९८ करोड भारु अर्थात १९ अर्ब १७ करोड रुपैयाँ छु्याएको थियो । त्यसैगरी आर्थिक वर्ष २०२०/०२१ मा भारत सरकारले ८ अर्ब भारु सहयोग गर्ने उल्लेख गरेको थियो । भारतले पछि आएर त्यसलाई संशोधन गरेर ८ अर्ब ८० करोड भारु नेपाललाई दिएको थियो ।
त्यसैगरी भारत सरकारले आर्थिक वर्ष २०२१/०२२ मा नेपालाइ दिने सहयोग बढाएर ९ अर्ब ९२ करोड भारु अर्थात १५ अर्ब ८७ करोड पु्रयाएको थियो । तर, भारत सरकारले नेपाललाई दिदाँ भने ४ अर्ब ४६ करोड ४३ लाख भारु मात्र दिएको थियो ।
भारतले गत आर्थिक वर्ष २०२२/०२३ मा नेपाललाई ७ अर्ब ५० करोड भारु सहयोग गर्ने उल्लेख गरेको थियो । तर, भारत सरकारले यसलाइ संशोधन गरेर ४ अर्ब २५ करोड भारुमा झरेको छ । यो रकम भनेको अघिल्लो आर्थिक वर्षको तुलनामा थोरै हो ।
भारत सरकारले चालु आर्थिक वर्ष २०२३/०२४ का लागि ल्याएको बजेटमा नेपाललाई ५ अर्ब ५० करोड भारु सहयोग गर्ने उल्लेख छ । बजेटमा उल्लेख भएको हिसाबले गत आर्थिक वर्षको तुलनामा २ अर्ब भारुले थोरै हो ।
तर, गत आवमा नेपालका लागि दिने भनिएको संशोधित सहयोग रकम ४ अर्ब २५ करोड भन्दा धेरै हो । भारत सरकारले विगतका बजेटमा गरेको उल्लेख भन्दा हस्तान्तरण गर्ने रकम न्यून हुने गरेको छ । चालु आवमा पनि बजेटमा उल्लेख भएको रकम भन्दा हस्तान्तरण हुने सहयोग रकम कमै हुने सम्भावन छ ।
भारतले भुटान, अफगानिस्तान, बंगलादेश, नेपाल, श्रीलंका, माल्दिभ्स, म्यान्मार र मंगोलियालाई बजेट मै उल्लेख गरेर सहयोग छुट्याउने गरेको छ । त्यसैगरी भारतले अफ्रिकन मुलुक, यूरोएसियन देश र ल्याटिन अमेरिकी मुलुकहरुलाई पनि अनुदान सहयोग गर्ने गरेको छ ।
तर, यी क्षेत्रका देशको नाम उल्लेख भन्दा पनि रिजनका नाममा बजेट छुट्याउने गरेको छ । चालु आवमा भारतले बजेट मै उल्लेख गरेर विभिन्न देश तथा प्राकृतिक विपत्तिका लागि कुल ५ हजार ४ सय ८ करोड भारु छुट्याएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया