नेपालका पहिलो गभर्नर रहेनन्

0
Shares

नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर जबराको आइतबार निधन भएको छ । काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत थापाको ९५ वर्षको उमेरमा आइतबार बिहान साढे ६ बजे निधन भएको अप्सतालले जनाएको छ ।

विगत ५ वर्षदेखि पार्किन्सन्सको समस्याबाट पीडित उनलाई युरिया उच्च देखिएपछि साता अघिदेखि अस्पताल भर्ना गरिएको थियो । सन् १९२८ मा स्वस्थानी पूर्णिमाका दिन जन्मिएका जबरा स्वस्थानी पूर्णिमाकै दिन अस्ताएका हुन् ।

नेपालको पहिलो गभर्नर जबरा विसं २०१३ साल वैशाख १४ गते देखि २०१७ माघ २५ सम्म नेपाल राष्ट्र बैंकमा गभर्नरको भुमिकामा रहेका थिए । राजा महेन्द्रले राष्ट्र बैकको स्थापना गरेर गभर्नरको नियुक्ती दिँदा उनको उमेर मात्र २९ वर्ष थियो ।

चौध वर्षमै मेट्रिक पास गरेका उनी नेपाल सरकारको सचिव हुँदै नेपाल राष्ट्र बैंकको पहिलो गर्भनर बनेका थिए । जबराले सन् १९६२ देखि १९८६ सम्म उनले संयुक्त राष्ट्र विकास कार्यक्रम अन्तर्गत विभिन्न देशमा आवासीय प्रतिनिधिका रूपमा समेत काम गरेका थिए ।

हिमालयन बैंकको सञ्चालक समितिमा प्रमुख सल्लाहकार जवराले सन् १९९३ मा पाकिस्तानको हबिब बैंकसँगको संयुक्त लगानीमा हिमालयन बैंक लिमिटेड स्थापना गरेका थिए । उनी बैंकको अध्यक्ष पनि भए । उनले साविक निर्धन उत्थान बैंक र लुम्बिनी जनरल इन्स्योरेन्समा पनि अध्यक्षको कार्यभार सम्हालेका थिए ।

उनका दुई छोरा र दुई छोरी छन् । उनले २ वटा किताब प्रकाशनको तयारी गरिरहेका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।