अडानी ग्रुपका सात कम्पनीमा सेल अफको श्रृङ्खला सुरु भएको छ ।
अमेरिकी रिसर्च संस्थान हिडनबर्गले सार्वजनिक गरेको प्रतिवेदनमा अडानीका सात कम्पनीहरु कर छली, अकाउन्टिङ फ्रड र सेयर मूल्यमा चलखेल गरिएको तथ्य सार्वजनिक भएको थियो ।
त्यसलगत्तै नै अडानी ग्रुपका सात कम्पनीहरुको सेयरमा गिरावट आइरहेको छ । हालै रेटिङ एजेन्सी मूडीजले आगामी समयमा कम्पनीहरुले पुँजी संकलनमा समस्या हुने जनाएको छ । यस्तै सेयर सूचांक एस एन्ड पीले अडानीमा दुई कम्पनीहरुलाई निष्काशन गरेको छ । जसकारण लगानीकर्ताहरुमा डर उत्पन्न हुँदा कम्पनीको सेयरहरुमा व्यापक गिरावट आएको छ ।
अडानी ग्रुपको अडानी इन्टरप्राइजेजको सेयर सोमबारको सुरुवातमै ९.६ प्रतिशतले ओरालो लागेको छ । हिडनबर्गले प्रतिवेदन सार्वजनिक गरेपछिका दिनमा कम्पनीको सेयर मूल्यमा २८ अर्ब डलर बढीको गिरावट आएको हो ।
अडानीका अन्य कम्पनी अडानी ट्रान्समिसनको सेयरमा १० प्रतिशतको गिरावट आएको छ भने अडानी ग्रीन इनर्जी, अडानी टोटल गयास, अडानी पावर र अडानी विलमारको सेयर ५ प्रतिशतले घटेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया