डेल टेक्नोलोजिजले ६ हजार कर्मचारी कटौती गर्दै

0
Shares

कम्प्यूटर उत्पादक कम्पनी डेल टेक्नोलोजिजले ६ हजार ६५० कर्मचारी कटौती गर्ने भएको छ ।

पर्सनल कम्प्यूटर (पिसी) को मागमा कमी आएको र विश्व अर्थतन्त्र संकट उन्मुख भएसँगै कम्पनीले कर्मचारी कटौती गरेको जानकारी दिएको हो ।

कर्मचारी कटौतीबारे जानकारी दिँदै कम्पनीका चिफ अपरेटिङ अफिसरले वर्तमान आर्थिक परिस्थितिको सामना गर्न कठिनाइ भइरहेको र यसअघि कम्पनीले खर्च कटौतीका लागि अपनाएका माध्यमहरु अपर्याप्त भएको बताएका छन् ।

कम्पनीमा कर्मचारीहरुको पुर्नगठनका क्रममा आगामी केही समयका लागि नयाँ कर्मचारी भर्ना नगर्ने र कुल कर्मचारी सङ्ख्याको ५ प्रतिशत कर्मचारी कटौती गर्ने निर्णय कम्पनीले गरेको हो ।

यस अघि ठूला आइटी कम्पनी माइक्रोसफ्ट, अमेजन, मेटा लगायतका कम्पनीहरुले पनि ठूलो सङ्ख्यामा कर्मचारी कटौती गरिसकेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।