भूराजनीतिक तनावका कारण सिर्जित आपूर्ति श्रृङ्खला अवरोध, पेट्रोलियम तथा प्राकृतिक ग्यासको मूल्यमा भएको वृद्धिका कारण अधिकांश देशहरुको मूल्यवृद्धि दर दोहोरो अंकमा पुगेको छ ।
विश्व महामारी कोभिड– १९ संक्रमण फैलिएपछि अघिल्ला वर्षहरुको तुलनामा सन् २०२२ मा विश्वव्यापी रुपमा मूल्यवृद्धि दर बढेको हो । पाँच देशको मूल्यवृद्धि शतप्रतिशत भन्दा माथि रहेको छ ।
भिजुअल क्यापिटालिस्ट डटकमका अनुसार विश्वमा सर्वाधिक मूल्यवृद्धि हुने देशको शीर्ष स्थानमा जिम्बाब्बे रहेको छ । सन् २०२२ को अक्टोबर महिनासम्मको तथ्यांक अनुसार वार्षिक मूल्यवृद्धि दर २६९ प्रतिशत रहेको छ । सोझो अर्थमा बुझ्नु पर्दा यस देशमा अघिल्लो वर्षहरुमा १० डलरमा पाइने वस्तुलाई उपभोक्ताले २६९० डलर खर्चिनु पर्ने बाध्यता आइपरेको छ ।
यस्तै सन् २०२२ को सेप्टेम्बर महिनाको तथ्यांक अनु्सार दोस्रो स्थानमा रहेको लेवाननको मुद्रास्फीति दर १६२ प्रतिशत रहेको छ । सन् २०२२ को अक्टोबर महिनासम्ममा भेनेजुवेलामा मूल्यवृद्धि दर १५६ प्रतिशत रहेको छ । हालै गएको महाभूकम्पका कारण समस्यामा परेको सिरियामा मुद्रास्फीति दर १३९ प्रतिशत रहेको छ । सुडानको मुद्रास्फीति दर १०३ प्रतिशत रहेको छ ।
यसरी जिम्बाब्बे, लेबानन, भेनेजुवेला, सिरिया र सुडानमा मूल्यवृद्धि दर शतप्रतिशत भन्दा धेरै रहेको छ । यस्तै सन् २०२२ को अक्टोबर महिनासम्मको तथ्यांक अनुसार अर्जेन्टीनामा मूल्यवृद्धि दर ८८ प्रतिशत, टर्कीमा ८५.५ प्रतिशत, श्रीलंकामा ६६ प्रतिशत, इरानमा ५२.२ प्रतिशत र सुरिनेममा ४१.४ प्रतिशत रहेको छ ।
अमेरिका लगायतका अन्य विकसित देशहरुले मूल्यवृद्धि नियन्त्रणका लागि अपनाएको संकुचित मौद्रिक नीति, आक्रामक शैलीमा बढाएको ब्याजदरका लागि डलर बलियो हुँदा उच्च मुद्रास्फीति हुने देशहरुको मुद्रा एतिहासिक न्यून बिन्दुमा पुगेका छन् ।
यस्तै रुस–युक्रेन युद्धका कारण पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धि भएको छ । जसकारण उच्च मुद्रास्फीति भएका देशहरुका जनताको जीविकोपार्जन समस्यामा परेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया