सर्च इन्जिन याहूले ८ हजार ६ सय कर्मचारी कटौती गर्ने

0
Shares

कम्पनीको पुर्नसंरचना निर्माण गर्ने तयारीमा रहेको याहूले विश्वभरबाट ८ हजार बढी कर्मचारी कटौती गर्ने घोषणा गरेको छ ।  कुल कर्मचारीहरु मध्यको २० प्रतिशत अर्थात् ८ हजार ६०० कर्मचारीहरुलाई बर्खास्त गर्ने कम्पनीले जनाएको छ ।

याहुको प्रयोगकर्तामा आएको कमी, उच्च मुद्रास्फीतिलाई नियन्त्रण गर्न आक्रमक शैलीमा वृद्धि भएको ब्याजदरका कारण याहुको वित्तीय अवस्था कमजोर रहेको छ ।

अन्तर्राष्ट्रिय समाचार माध्यम बीबीसीका अनुसार याहूका प्रवक्ताले कर्मचारी कटौती गर्ने निर्णय लिनु अत्यन्त दुःखद रहेको र पुर्नसंरचना पछि कम्पनीले विज्ञापन व्यवसाय बढाउने र प्रयोगकर्ताहरुमाझ अझ परिष्कृत र राम्रो सेवा विस्तार गर्ने जनाएका छन् ।

यसअघि मेटा, गुगल, माइक्रोसफ्ट लगायतका विभिन्न कम्पनीहरुले समेत ठूलो सङ्ख्यामा कर्मचारी कटौती गरेका थिए । विश्व अर्थतन्त्र मन्दी उन्मुख रहेको अवस्थामा ठूला आइटी कम्पनी, बैंक तथा वित्तीय संस्थाहरुले कर्मचारी कटौती गरिरहेका छन् ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।