विश्वका धनाढ्य व्यक्तिहरुको सूचीमा तेस्रो स्थानमा रहेका भारतका गौतम अडानी यतिबेला २४ औँ स्थानमा पुगेका छन् ।
अमेरिकी रिसर्च संस्थान हिडनबर्गले सार्वजनिक गरेको प्रतिवेदनपछि गौतम अडानीको नेटवर्थमा आएको गिरावटका कारण उनी २४ औं स्थानमा पुगेका हुन् ।
सन् २०२२ को सेप्टेम्बर महिनामा अडानी १ खर्ब ५७ अर्ब डलर नेटवर्थ सहित विश्वको दोस्रो धनी व्यक्तिमा सूचीकृत भएका थिए । सन् २०२३ को सुरुवातमा उनी र फ्रान्सका बर्नाड आरनौल्टबीच टक्कर चलिरहेको थियो ।
जनवरीमा हिडनबर्गले कर्पोरेट इतिहासको सबैभन्दा ठूलो फ्रडको उपमा दिई प्रतिवेदन सार्वजनिक गरेपछि उनको नेटवर्थ घटेर ५२.३ अर्ब डलर पुगेका छन् । यससँगै उनी विश्व धनाढ्यहरुको २४औँ स्थानमा पुगेका छन् ।
यस्तै लामो समयसम्म विश्वको शीर्ष धनी व्यक्तिमा सूचीकरण भएका एलन मक्स यतिबेला दोस्रो स्थानमा रहेका छन् । फोब्र्सको रियल टाइम बिलिनियर सूचीका अनुसार हाल एलन मक्स १९६.५ अर्ब डलर नेटवर्थ सहित दोस्रो स्थानमा रहेका छन् ।
विश्व विख्यात फेसन ब्रान्ड लुई भुटनका मालिक बर्नाड आरनौल्ट २ खर्ब १८ अर्ब डलर नेटवर्थ सहित विश्वका धनाढ्य सूचीको पहिलो स्थानमा रहेका छन् । यतिबेला तेस्रो स्थानमा अमेजनका संस्थापक जेफ बेजोस रहेका छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया