सस्तिँदै सुनको भाउ, फागुन यता मात्रै तोलामा १५ सय रुपैयाँ घट्यो

0
Shares

फागुन महिना सुरु भए यता सुनको भाउ तोलामा १५ सय रुपैयाँले घटेको छ । माघको अन्तिम दिन १ लाख ४ हजारमा कारोबार भएको सुन आज १ लाख २ हजार ५०० रूपैयाँमा कारोबार भएको हो ।

शुक्रबार सुनको भाउ बिहीबारको तुलनामा ५०० रुपैयाँले घट्दै प्रतितोला १ लाख २ हजार ५०० रूपैयाँ निर्धारण भएको छ । यस्तै तेजावी सुन १ लाख २ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

बिहीबार छापावाल सुन १ लाख ३ हजार रुपैयाँ र तेजावी सुन १ लाख ३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेको छ । बिहिबार प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार २७५ रुपैयाँमा खरिद बिक्री भैरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा घटबढ हुने सुन र चाँदीको भाउका आधारमा सुनचाँदीको मूल्य तोक्दै आएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस १८२७ अमेरिकी डलर र चाँदी प्रतिऔंस २१.४७ डलरमा कारोबार भइरहेको छ ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।