ईङवा हाइड्रोपावरकाे आईपीओ आउने, सेबोनबाट पायो अनुमति

0
Shares

ईङवा हाइड्रोपावरले सर्वसाधारणमा १८ करोड रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्रीमा ल्याउने भएको छ ।

प्रतिसेयर १०० रुपैयाँ अंकित दरमा १८ लाख कित्ता साधारण सेयर निष्कासन गर्न पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले अनुमति दिएको हो । सेबोनले कम्पनीलाई फागुन २ गते आईपीओ निष्काशन गर्न अनुमति दिएको हो ।

निष्काशन अनुमति पाएको सेयरमध्ये कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरुका लागि जारी हुनेछ । दोस्रो चरणमा कम्पनीका कर्मचारी, सामुहिक लगानी कोष र सर्वसाधारणको लागि आईपीओ निष्कासन हुनेछ ।

कम्पनीमा संस्थापकतर्फको ७० प्रतिशत अर्थात ४२ लाख कित्ता बराबरले हुने आउने ४२ करोड रूपैयाँ चुक्ता भैसकेको छ । साधारण सेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजी ६० करोड रूपैयाँ कायम हुनेछ ।

कम्पनीले तप्लेजुङ्ग र पाँचथर जिल्ला सीमानामा रहेको इङवा खोलामा ९.७ मेगावाट क्षमताको अपर ईङवा खोला हाइड्रोपावर आयोजना निमार्ण गरिरहेको छ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैकिङ्ग लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।