सुनचाँदी ब्यवसायीहरुले भोग्नुपरेका समस्या समाधान गर्न संवद्ध संस्थाहरु एकवद्ध भई संयुक्त रुपमा अगाडि बढ्ने निर्णय गरेका छन् ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघको केन्द्रिय कार्यालयमा शुक्रबार सम्पन्न नेपाल सुनचाँदी ब्यवसायी महासंघ र सुनचाँदी रत्न तथा आभुुषण महासंघका प्रतिनिधीहरुको संयुक्त छलफलले यस्तो निर्णय गरेको हो ।
पछिल्लो समयमा सुनको आपूर्ति पर्याप्त मात्रामा नभएको, सुरक्षा निकायले अनावश्यकरुपमा ब्यवसायीहरुलाई दुःख दिएको, ब्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने नीति, नियम, निर्देशिका वनाउन राज्यले चासो नदेखाएको, भन्सार नाकावाट वैध तरिकाले ल्याइएका सुनका गहनाहरु पक्राउ गरेर अनावश्यक दुःख दिने जस्ता थुप्रै कार्य भएको भन्दै दुवै महासंघका प्रतिनिधीहरुले संयुक्तरुपमा दवावमूूलक कार्यक्रम गर्ने निर्णय गरेका हुन् ।
यसका लागि दुवैमहासंघका प्रतिनिधी सम्मिलित एक कार्यदल वनाउने र त्यसले तय गर्ने खाका अनुरुप कार्यक्रम अगाडि बढाउने सहमति भएको नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यले बताए ।
उनका अनुसार दुवैमहासंघका प्रतिनिधी रहनेगरी बन्ने कार्यदलले नीति नियम वनाउन सम्वद्ध निकायमा पहल गर्ने, कच्चा सुनको पर्याप्त आपूर्तिकालागि ब्यवस्था मिलाउन आग्रह गर्ने, ब्यवसाय सञ्चालनकाक्रममा देखापरेका समस्याा समधानका लागि संयुक्त रुपमा पहल गर्ने र आवश्यक परे आन्दोलनका कार्यक्रम समेत सार्वजनिक गर्ने सहमति दुई महासंघवीच भएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया