उद्योग र वाणिज्य क्षेत्रमा बजेटको कमी हुँदैनः उद्योगमन्त्री भण्डारी

0
Shares

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निर्वाचनका बेला गरिएका बाचा पूरा गर्ने र उद्योग वाणिज्यको क्षेत्रमा बजेटको कमी हुन नदिने बताएका छन् ।

मन्त्री भएपछि हिजो गृहजिल्ला गएका उनले जनताको मतको उच्च कदर गर्दै बैतडी र समग्र सुदूरपश्चिमको विकासका लागि सधैँ अग्रसर हुने दाबी गरेका हुन् । उनले भने, ‘यहाँहरूले दिएको मतको उच्च कदर गर्दै बैतडी र समग्र सुदूरपश्चिमको विकासका लागि सधैँ अग्रसर छु, म जति दिन मन्त्री पदमा रहन्छु, यहाँको विकासका लागि बजेटको कमी हुन दिने छैन ।’

मन्त्री भण्डारीलाई आइतबार उद्योग वाणिज्य संघ र निर्माण व्यवसायी, निजामती कर्मचारी सङ्गठन, एमाले जिल्ला कमिटीले स्वागत गर्ने कार्यक्रम रहेको उनका स्वकीय सचिव लोकेन्द्र भण्डारीले जानकारी दिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।