एक आपसमा मर्जर तथा प्राप्ती प्रकृयामा रहेका डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड र आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन ३० गते फागुन ३० गते मंगलबार साधारण सभा आह्वान गरेका छन् । डिप्रोक्सले २१ औं र आदर्शले पाँचौ वार्षिक साधारण सभा बोलाएको हो ।
डिप्रोक्सको फागुन ८ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले होटल सेभेन स्टार प्रालि सौराहा, चितवनमा सभा डोकेको छ । सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम १० प्रतिशत बोनस सेयर र करसहित ११.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
यस्तै सभाले गत आर्थिक वर्षको नाफा नोक्सान, हिसाब नगद प्रवाह लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ । सभाले आर्थिक वर्ष २०७८।७९ को वित्तीय प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०७९।८० का लागि लेखा परीक्षक नियुक्ति गर्ने प्रस्ताव पारित गर्नेछ ।
सभाले आदर्श लघुवित्तलाई प्राप्ति गर्ने प्रयोजनका लागि सम्पन्न सम्झौतापत्र, सहमतिपत्र, संयुक्त प्राप्ति समिति गठन एवं संयुक्त प्राप्ति समितिलाई आवश्यक कार्य गर्न सक्ने अख्तियारी प्रत्यायोजन गर्ने सञ्चालक समितिको निर्णय पारित गर्नेछ। सभाले आदर्श लघुवित्तलाई १स्१ सेयर स्वाप रेसियोमा प्राप्ति गर्न स्वीकृति प्रदान गर्नेछ ।
सभाले प्राप्ति प्रयोजनका लागि अन्तिम सम्झौतापत्रलगायत अन्य कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । आदर्श लघुवित्तलाई प्राप्ति गरेपछि संस्थाको चुक्तापुँजी र जारी पुँजी वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्र र नियमावली संशोधन गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि लघुवित्तले फागुन १९ गते शुक्रबार बुकक्लोज गर्ने भएको छ । बुकक्लोजका आधारमा फागुन १८ गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योेग्य हुनेछन् ।
उता आदर्श लघुवित्तको फागुन ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गौतम भिलेज रिसोर्ट बनेपा, काभ्रेपलाञ्चोकमा फागुन ३० गते बिहान ११ बजे सभा गर्ने निर्णय गरेको छ । सभाले चुक्ता पुँजी २ करोड ७ लाख रुपैयाँको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।
डिप्रोक्स लघुवित्तले प्राप्ति गर्न लागेको आदर्शले सभा मार्फत प्राप्ति प्रक्रियाका लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय गर्दैछ । डिप्रोक्सले आदर्श लघुवित्तलाई समान हैसियत ( १ः१ स्वाप रेसियो ) मा प्राप्ति गर्न लागेको हो । सभाले साधारण सेयरधनीको तर्फबाट दुई जना सञ्चालक निर्वाचनको गर्ने प्रस्ताव समेत तय गरेको छ ।
कम्पनीले साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन १६ गते एक दिन बुकक्लोज गर्ने भएको छ । बुकक्लोजको आधारमा फागुन १५ गतेसम्म कायम सेयरधनीहरूले मात्रै सभामा भाग लिन र लाभा.श पाउन योग्य हुनेछन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया