निफ्राको ऋणपत्र नेप्सेमा सूचीकृत

0
Shares

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले बिक्री गरेको उर्जा ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबार सूचीकृत भएको छ ।

निफ्राको ऋणपत्र ‘निफ्रा युआर ८५।८६’ सिम्बोलबाट सूचीकृत भएको हो । बैंकले बिक्री गरेको १ हजार रुपैयाँ अंकित मूल्यका २२ लाख ८९ हजार ८१३ कित्ता ऋणपत्र सूचीकृत भएको नेप्सेले जनाएको छ ।

बैंकले जारी गरेको ७ वर्षे अवधिको ऋणपत्रका लगानीकर्ताले वार्षिक ७ प्रतिशत ब्याजदर पाउनेछन् । यो ऋणपत्र सूचीकृतसँगै आइतबारदेखि दोस्रो बजारमा समेत कारोबार गर्न सकनिेछ ।

बैंकले गत मंसिर २९ देखि पुस १४ गतेसम्म उक्त ऋणपत्र बिक्रीमा ल्याएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।