युद्धग्रस्त युक्रेन छाड्न रुसलाई संयुक्त राष्ट्रसंघको चेतावनी

0
Shares

रुस–युक्रेन युद्धको वार्षिकीको पूर्वसन्ध्यामा संयुकत राष्ट्र संघले रुसलाई युक्रेन छाडेर जान चेतावनी दिएको छ ।

संयुक्त राष्ट्रसंघको महासभामा युक्रेनले प्रस्तुत गरेको ‘रुसलाई युक्रेन छाड्ने प्रस्ताव’ लाई अनुमोदन गर्दै राष्ट्रसंघले युक्रेन छाड्न रुसलाई कडा चेतावनी दिएको हो ।

महासभामा सहभागी १४१ राष्ट्रहरु मध्ये ७ राष्ट्रहरुले युक्रेनको प्रस्तावको विरुद्धमा मतदान गरेका छन् भने ३२ राष्ट्रहरु मतदान प्रक्रियामा नै सहभागी भएका छैनन् । राष्ट्र संघको महासभामा आएको मतले युक्रेनको पक्षमा पश्चिमा राष्ट्रहरु मात्रै नभई ल्याटिन अमेरिका, अफ्रिका र एशियाको पनि साथ भएको पुष्टि भएको युक्रेनी विदेश मन्त्री डिमित्रो कुलेबाले जनाएका छन् ।

१४१ देशहरुले युक्रेनको पक्षमा मतदान गर्नुले सारा विश्व स्वाधीनताको पक्षमा रहेको राष्ट्रसंघका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलेमानले बताए ।

संयुक्त राष्ट्रसंघको भेटो पावर भएको रुसले राष्ट्रसंघको सुरक्षा परिषद्लाई आफ्नो परिबन्धमा पारेको थियो । जसकारण अन्तराष्ट्रिय शान्ति तथा सुरक्षा सन्तुलनका लागि बनेको सुरक्षा परिषद्ले रुस विरुद्ध कुनै कारबाही गर्न सकेको थिएन । तथापि राष्ट्रसंघको महासभामा विश्व भरका देशहरु संलग्न हुने र सुरक्षा परिषद् जस्तो कुनै कानुनी शक्तिबाट नबाधिएका कारण रुस विरुद्ध कारबाही गर्ने क्षमता राख्छ ।

युक्रेनको प्रस्ताव विरुद्ध बेलारुस, निकारागुवा, रुस, सिरिया, उत्तर कोरिया, इरिट्रेया र मालीले मतदान गरेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।